नियम
इजाजतपत्र दिन सकिने

(१) नियम ३ बमोजिम इजाजतपत्रको लागि कुनै निवेदन पर्न आएमा मन्त्रालयले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्दा निवेदकलाई इजाजतपत्र दिन मनासिब देखिएमा नियम ७ को उपनियम (२) बमोजिमको इजाजतपत्र दस्तुर लिई देहायको ढाँचामा इजाजतपत्र दिन सक्नेछ ः–

(क) स्याटेलाइट वा अन्य सञ्चार माध्यमद्वारा कार्यक्रम प्रसारण गर्न, डिजिटल प्रविधिमा आधारित प्रसारण केन्द्र स्थापना गरी सिग्नल
वितरण गर्न, अन्य व्यक्ति वा संगठित संस्थाले स्थापना गरेको डिजिटल प्रसारण केन्द्रबाट सिग्नल प्राप्त गरी कार्यक्रम प्रसारण गर्न
वा एनालग प्रविधिमा आधारित प्रसारण केन्द्र स्थापना गरी केबुलको माध्यमद्वारा कार्यक्रम प्रसारण गर्न अनुसूची–२(क) बमोजिमको ढाँचा,

(क१) खण्ड (क) बमोजिम इजाजतपत्र प्राप्त व्यक्ति वा सङ्गठित संस्था आफैँले कार्यक्रम उत्पादन गरी आफ्नो वितरण प्रणालीबाट टेलिभिजन च्यानल - प्रसारण गर्न अनुसूची-२(क१) बमोजिमको ढाँचामा,

(ख) फ्रिक्वेन्सी मोडुलेशन प्रसारण प्रणालीको स्थापना गरी कार्यक्रम प्रसारण गर्न अनुसूची–२(ख) बमोजिमको ढाँचामा,
(ग) केबुल वा भू–उपग्रहको माध्यमबाट उपभोक्ता समक्ष सोझै कार्यक्रम वितरण गर्ने प्रणालीमा आधारित भई टेलिभिजन प्रसारण गर्नको
लागि अनुसूची–२(ग) बमोजिमको ढाँचामा ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि रेडियो फ्रिकवेन्सी उपलब्ध गराउन नसकिने भएमा इजाजतपत्र दिइने छैन ।

४क. डिजिटल प्रणालीमा परिवर्तन गर्नु पर्ने ः

यो नियम प्रारम्भ हुनु अघि एनालग प्रणालीद्वारा सिग्नल वितरण गरेका व्यक्ति वा संगठित संस्थाले मन्त्रालयले नेपाल राजपत्रमा सूचना
प्रकाशन गरी तोकेको मितिले देहायको अवधिभित्र एनालगत प्रणालीलाई डिजिटल प्रणालीमा परिवर्तन गरी सो को जानकारी मन्त्रालयलाई दिनु पर्नेछ ः–

(क) काठमाण्डौं महानगरपालिका, विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा र उपमहानगरपालिका क्षेत्रमा चार वर्षभित्र,
(ख) खण्ड (क) बाहेकका उपमहानगरपालिका र नगरपालिकाका क्षेत्रमा चार वर्ष छ महिनाभित्र,
(ग) अन्य क्षेत्रमा पाँच वर्षभित्र ।

(३) नियम ३ को उपनियम (१क) बमोजिम निवेदन पर्न आएमा त्यस्तो निवेदन उपर जाँचबुझ गर्दा इजाजतपत्र जारी गर्न उपयुक्त देखिएमा नियम ७ बमोजिम लाग्ने दस्तुरमध्ये निवेदकले भू-सतही माध्यमबाट टेलिभिजन च्यानल प्रसारण गर्ने प्रयोजनको लागि बुझाएको इजाजतपत्र दस्तुर कट्टा गरी नपुग हुन आउने रकम लिई मन्त्रालयले पहिले जारी गरेको इजाजतपत्र खिची अनुसूची-२(क) बमोजिमको ढाँचामा इजाजतपत्र जारी गर्नु पर्नेछ ।